काठमाडौं:= नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो। मष्तिष्कघातपछि जोशीलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो ।
भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । सबै प्रयास जारी राखेपनि उहाँलाई बचाउन नसकेको अस्पतालले जनाएको छ।




















