एजेन्सी:= उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले नेता किम जोङ उन र उनकी बहिनीले दक्षिण कोरियाकोसमेत संलग्नतामा सयुक्त सैन्य अभ्यास गरेकोप्रति अमेरिकाको आलोचना गरेलगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको सीएनएनले जनाएको छ।
उत्तर कोरियाले गरेको क्षेप्यास्त परीक्षणको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका हुन् । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले क्षेप्यास्त परीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि वार्ता गर्ने बताइरहेका बेला पुनः क्षेप्यास्त परीक्षण भएको हो।
अमेरिकी विदेशसचिव एन्टोनी ब्लाइन्केनले गत हप्ता उत्तर कोरियालाई आफ्ना आणविक कार्यक्रम स्थगन गर्नका लागि दवाव दिन चीनसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो । तर चिनियाँ अधिकारीहरुले उत्तरको क्षेप्यास्त्र परीक्षणलाई कम गर्न आणविक कार्यक्रम अनुसार नै संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश नभएको बताएका छन्।
पछिल्ला वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नेता किमले तीन पटक वार्ता गरेपनि समम्बन्ध सुधार हुन सकेको थिएन । त्यसलगत्तै अमेरिकासँग पछिल्लो एक वर्ष उत्तर कोरियाको कुनै संवाद नभएको बताइएको छ । दुवै देशका अधिकारीहरुबीच पछिल्लो पटक सन् २०१९ को अक्टोबरमा स्वीडेनमा भेटवार्ता भएको थियो । यता बाइडेन प्रशासनले किमसँगको वार्तामा संलग्न अधिकारीहरुसँग पनि छलफल गरिरहेको बताइएको छ।



















