काठमाडौं := आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको पहिलो राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ।
साहित्यमा आदिवासी सौन्दर्य लेखौँ, अग्रगमनको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ ललितपुरमा सम्पन्न भएको महासंघको पहिलो राष्ट्रिय भेलाले राजन मुकारुङलाई अध्यक्षमा चयन गरेको छ।

त्यस्तै महासचिवमा बुद्ध योन्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन्। कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सहकोषाध्यक्षमा जितेन पन्धाक चुनिएका छन्।
महासंघको सदस्यहरुमा क्रमशः हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा ‘खुसी’, नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, सर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल लगायतकोलाई चयन गरेको छ।
कैलाश राई, मुनाराज शेर्मा, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. तारालाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ महासंघको प्राज्ञिक परिषद्मा रहेका छन्।



















