राजनीतिले खाएको देश ।

[ लेखक : पुरुषोत्तम घिमिरे ] 

विश्वमा राजनीतिले खाएको देश बिरलै पाइन्छ तर हाम्रो देश नेपाललाई राजनीतिले खाना लाग्योभन्दा फरक नपर्ला । नीतिविनाको राजनीति भएपछि त्यसको असर समस्त प्रणालीमै पर्छ । पार्टी खराब छैनन् । पार्टीलाई चलाउनेहरू खराब भएकाले बेलाबेलामा दुर्घटना हुनेगरेको छ । जनमतको कदर गर्न नसक्ने नेताहरूले देश विकास गर्लान भनेर कसरी सोच्न सकिन्छ ? दोष एउटाको मात्र छैन । दोषी सबै छन् धेरथोर आफ्नो ठाउँमा होला ।

बीपीको फोटामा माला लगाएरमात्र भएन । उनले देखाएको मार्गमा कांग्रेसहरू हिँड्न सक्नुप¥यो । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलनीतिलाई आत्मसात गरेर अघि बढ्न सकेको भए देशमा राजनीतिक अस्थिरता हुँदैनथ्यो । २०४६ सालमा प्रजातन्त्र आएपछि स्वर्गीय गणेशमान सिंहले भन्नुभएको थियो कांग्रेसका नेताहरू गनाए । यसो भन्नुको अर्थमाथि कसैले विचार विमर्श गर्न सकेनन् । खालि सत्ता र भत्ताकै लागि मरिहत्ते गरेर दौडिए । अहिले नेताहरू गनाएका मात्र होइन, नजिक ल्याउनसमेत नहुने भएका छन् । प्रजातन्त्र आएको ३० वर्ष बितिसक्दा जनताका लागि कसैले केही गरेजस्तो लागेन । जनतालाई अनेक सपना बाँडेर रनभुल्ल पार्न नेताहरूले जनताको हितका लागि न्यूनतम काम पनि गर्न सकेनन् ।

२००३ सालदेखि परिवर्तनका लागि लडेका जनताले आज २०७७ सालसम्म आइपुग्दा परिवर्तनको आभास पाउन सकेका छैनन् । नेताको जीवनमा विकास भयो तर जनता निरास भए । चप्पले नेतालाई नेता बनाउने जनताको हालत बिहान–बेलुकाको छाक टार्न गाह्रो हुने अवस्थाको अझै छ । देशमा लोकतान्त्रिक गणतन्त्र आयो तर जनताले भोकविरुद्ध संघर्ष गरिरहनुपरेको छ । कर्णालीका जनता आफ्नो भोक प्यासका लागि आन्दोलनरत छन् । तिनको भोक र प्यास राज्यले बुझ्न सकेन ।

म सर्वहारा वर्गका लागि लडेको भन्ने नेताहरू आफू आलिसान महलमा रमाएर जनताका पीर र मर्का बुझ्न सकेनन् । जनताका छोराछोरीलाई बन्दुक बोकाएर उनीहरूको भविष्य अन्धकार बनाउने नेताहरूले आफ्नो राजनीतिक अभिष्ट पूरा भएपछि तिनै जनतालाई चिन्न सकेनन् । भाषणमा जनताभन्दा ठूला कोही छैनन् भन्ने व्यवहारमा तिनै जनतालाई कौडी नगन्ने नेताहरूको रबैया पुरानै हो ।

सधैं मै खाऊँ मै लाऊँ सुखसयल मोजमस्तीमै गरूँ भन्ने नेताका कारण देशमा राजनीति अस्थिरता बढेको छ । नेपालमा दर्ता भएको राजनीति दलहरू १ सय २४ छन् । दर्ता नभइकन राजनीतिक गतिविधि गर्न अन्यदलहरू पनि छन् । अहिले मन्त्री सांसदको संख्या ८ सय ३४ छन् । हाम्रोजस्तो सानो मुलुकका लागि यो आवश्यक थियो ? भागबण्डा मिलाउनका लागि । मन्त्री र सासंदमात्र बढाउने विकास खर्च जति नेतालाई खर्च गर्दै सक्ने अनि देश विकास भएन भनेर कराएर हुन्छ ।

तलदेखि माथिसम्म दायाँदेखि बायाँसम्म सब भ्रष्टाचारमा लिप्त छन् । दोष कसलाई दिने ? एउटा ठाउँ सही भए पो । देश बनाउन आएका नेता आफू बन्दैमा फुर्सद भएन । कुन बेला जनता र देशको बारेमा सोच्ने ? देश बनाउन असल नेता चाहियो । नेता त धेरै पाइयो तर असल नेता पाउन सकिएन । ७० वर्ष बुढा नेता म युवा नेता हुँ भनेर मिडियाबाजी गर्छन् । योभन्दा नैतिकताहीन के होला ।

उदारणका लागि विद्युत् प्राधिकरणलाई एकजना असल नेतृत्वकर्ता कुलमान घिसिङले सुधारेका होइनन् ? सकरात्मक सोचका साथअघि बढ्नसक्यो भने हाम्रो जस्तो सानो मुलुकलाई धेरै सम्भावना भएको देश बनाउन धेरै टाढा जान पर्दैन । मात्र इच्छा शक्रि चाहियो गर्नका लागि समस्या छैन् । नगर्नका लागि अनेक बाहाना । अरूलाई दोष लगाएर आफ्नो कतव्र्य के हो नबुझ्ने नेताहरूलाई के भन्ने । हरेक क्षेत्रका सांसदहरूले आआफ्नो निर्वाचन क्षेत्रको बारेमा मात्र सोच्ने हो भने देश विकास हुन बेर लाग्दैन ।

सांसदलाई निर्वाचन क्षेत्र विकास भनेर ६ करोड राज्यले दिएको छ । खोइ कहाँ जान्छ त्यो रकम ? सधैं राष्ट्रिय ढुकुटी दोहोन गरेरमात्र हुन्छ ? सांसदहरूमा अलिकतिमात्र नैतिकता हँुदो हो त काम नगरी तलबभत्ता खान लाज लाग्नु पर्ने हो । सांसदहरूले अहिलेसम्म के गरे र उनीहरूले तलबभत्ता खाएका छन् ।

नेपालमा राजनीति दलहरू फुट््नु जुट्नु सामान्य भइसक्यो । सबैलाई पद र पावर चाहिएको छ । एकछिन पावरमा बस्न पाइएन भने मेरो संसार सकियो भन्ने नेताहरूले सोच्न थालेका छन् । त्यसले गर्दा नेताहरूले नीति, नियम, सिद्धान्तभन्दा आफ्नो व्यक्तिगत सोचमा पार्टी सञ्चालन गरिरहेका छन् । प्रमुख दलहरू एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपामा पनि किचलो छ । सधैं मै पावरमा बस्नुपर्छ भन्ने अग्रपंत्तिका नेताका कारण एकआपसमा मतभेद देखिएको छ । एमाले सरकारमा छ । नेपाली कांग्रेस प्रतिपक्षमा छ तर अहिले दुःख लाग्दो अवस्था के छ भने प्रतिपक्षको भूमिकामा पनि सरकारमा सामेल दल झै देखिएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन आउँदै छ । कसले नेतृत्व लिने भन्नेमा होडबाजी चलेको छ । सबैलाई सभापति बन्नु नै छ । कम्तीमा एकपटक सभापति भइसकेका व्यत्तिले नयाँ पुस्तालाई अघि सारे हुँदैन ? । किन सधैं म सभापति बन्नुपर्छ भनेर दौडिनु । अब त सल्लाकार बसेर सल्लाह दिए भयो नि ।

अरूलाई पनि पालो दिए भएन ? नेपाली कांग्रेसले जन चाहनाअनुसार पार्टी चलाउने हो भने प्रष्ट आफ्नो विधानमा लेख्नु प¥यो एक पटकभन्दा बढी पार्टी सभापति हुन नपाइने । १ या २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने । सधैं बुढो गोरुले दाइँ गरेर हुन्छ ? युवाहरूलाई अघि सार्नु प¥यो । हिजो के भयो भन्ने होइन । आज पार्टीलाई कसरी सही दिशामा लाने भनेर सोच्ने बेला आएको छ ।