नेपाल शिक्षक संघको विस्तारित बैठक सम्पन्न।

[ अभय दुबे ]

बारा:= नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक हिजो संघ का जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा मा वि बरगजवामा भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश समितीका वरिष्ठ-उपाध्यक्ष राम मंगल यादव , ने.शि. संघ का पूर्व अध्यक्ष सुदामा राय यादव, प्रदेश सदस्य मुक्ति प्रसाद कुशवाहा , अन्सारुल हक , प्रदेश प्रतिनिधि रञ्जन खरेल, बुनिलाल यादव , केन्द्रिय प्रतिनिधि यसोदा खनाल , पालिकाका नगर शिक्षक संघ का अध्यक्ष एवम पदाधिकारीहरु , जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारीहरु , विभिन्न विद्यालय का प्रधानाध्यापक, सहायक प्रधानाध्यापक का साथै सयौंको सङ्ख्या मा शिक्षक हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त बैठकले नेपाली कांग्रेस का नेता शेखर कोइराला द्वारा उद्घाटन गरिने मिति २०७७ साल चैत्र ११ र १२ गतेको प्रदेश नं.२ को दोश्रो र तेश्रो प्रदेश प्रतिनिधि सभा मावि बरगजवामा धुमधामका साथ सम्प्पन गर्न राम मंगल यादवको अध्यक्षतामा स्वागत तथा सम्मान समिति , मुक्ति कुशवाह को अध्यक्षतामा मञ्च व्यवस्थापन तथा तयारी समिति गठन गरिएको छ ।

त्यस्तै सदस्यता नविकरण , नयाँ सदस्यता वितरण , स्थानीय पालिका प्रतिनिधि सभा र जिल्ला प्रतिनिधि सभा आगामी चैत्र ९ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय समेत उक्त बैठकले गरेको अध्यक्ष रामकृपाल यादवले बताउनु भएको छ ।