एजेन्सी := उत्तर कोरियाका नेता किम जोङ उहाँकी प्रभावशाली बहिनी किम यो-जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ चेतावनी दिनुभएकाे छ ।
अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली नीति सार्वजनिक तयारी गरिरहनुभएको छ । साथै यो-जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गर्नुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ, ‘अमेरिकी नयाँ प्रशासनले समुद्रपारिको हाम्रो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको छ । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्राे हुन्छ ।’
एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उहाँले दक्षिण कोरियाको सहर सोलमा अमेरिकी अधिकारी पुग्नुभन्दा एक दिन पहिला यस्तो प्रतिक्रिया दिनुभएकाे हाे । अमेरिकी सरकारले भने उत्तर कोरियासँग राजनीतिक सम्पर्क बनाउने कोसिस गरे पनि विफल भएको बताएकाे छ ।
उत्तर काेरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेकाे छैन । उत्तर काेरियाकाे परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुई देशबीच तनाव बढिरहेकाे हाे ।




















