एजेन्सी := बलिउड अभिनेता आमिर खानले सामाजिक संजाल प्रयोग गर्न बन्द गरेका छन्। आइतबार आमिरले ५६ औं जन्मदिन मनाएका थिए। सोमबार भने उनले आफू सामाजिक संजालबाट अगल बस्ने घोषणा गरेका हुन्।
उनले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दैँ सोसल मिडिया नचलाउने जानकारी गराएका हुन्। ‘मेरो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद। सामाजिक संजालको यो मेरो अन्तिम पोस्ट हो’ उनले लेखेका थिए।
उनले आफू र आफ्ना फिल्म सम्बन्धी जानकारी आमिर खान प्रोडक्सनको अफिसियल अकाउन्टबाट सम्प्रेषण गर्न बताइएको छ। आमिरलाई ट्विटरमा करिब २६ लाख ५० हजार, फेसबुकमा १८ लाख र इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन्।
आमिर खान यतिखेर फिल्म ‘लाल सिंह चढ्ढा’ को छायांकनमा व्यस्त छन्। यो हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो। फिल्ममा करिना कपुर पनि मुख्य भूमिकामा छिन्। ‘लाल सिंह चड्ढा’ फिल्म आउँदो क्रिसमसमा रिलिज हुने बताइएको छ।




















