३ महिने व्युटि पार्लर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न।

[ अभय दुबे ]

बारा:= शहरी गरिबी निवारण मञ्चको आयोजना र महिला नवजागरण संस्था वीरगञ्ज पर्साको सहकार्य तथा घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराको सहयोग मा करैयामाई गापा-७ सिस्वामा आज ३ महिने व्युटि पार्लर तालिमको उद्घाटन कार्यक्रम आज शुक्रवार सम्पन्न भएको छ।

शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह को अध्यक्षता तथा माननीय अर्थ राज्य मन्त्री उषा यादवको प्रमुख आतिथ्यता सो उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो।

सो कार्यक्रम मार्फत उक्त गा.पा.मा बसोबास गर्ने २० जना महिलाहरुलाई ६ /६ घण्टाको दरले ९० दिनसम्म व्युटिसियन सम्बन्धि तालिम दिइने जनाएको छ।

सो कार्यक्रममा जनता समाजवादी पार्टी की केन्द्रीय सदस्य मिनि सिंह, जसपा कै पिन्की यादव, जितेन्द्र ठाकुर, अमृता देवी, लिला देवी,रामविस्वास प्रसाद यादव लगायतको सहभागिता रहेको थियो। सो कार्यक्रममा सन्चालन मन्चका कार्यक्रम संयोजक शिवनाथ रामको रहेको थियो।