एमालेको सूदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट , र बागमती प्रदेश इन्चार्ज राम बहादुर थापा!

काठमाडौं := एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेशको इन्चार्ज बाट भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पुर्व माओवादी नेता लेखराज भट्टलाई दिएका छन् ।

हालको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार
बसेको बैठकले आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आजकै बैठकबाट प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर समेत गरेको छ। सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा (बादल) लाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल,  गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।