[ अभय दुबे ]
बारा := कलैया उपमहानगरपालिका र लुमन्ति आवाशको लागि सहयोग समूहको सहयोगमा तथा शहरि गरीबी निवारण मंचको आयोजनामा शहरी सामुदायिक सूचना केन्द्र , कलैयाको सभा कक्षमा न्यून स:शुल्क संचालन हुने आधारभूत कम्प्युटर कक्षाको शुक्रबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ।
सो उद्घाटन कार्यक्रम कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा तथा शहरि गरीबी निवारण मंचका अध्यक्ष रबिन्द्र प्रसाद साह को अध्यक्षतामा सम्पन्न गरिएको थियो।

सो कम्प्युटर कक्षा मार्फत कलैया उपमहानगरपालिका का विभिन्न वडाका विद्यार्थी हरुलाई न्युन शुल्कमा सम्पूर्ण प्रकारको कम्प्युटर कक्षा हरु उपलब्ध गराइने छ। सो कार्यक्रम को उद्घाटन प्रमुख यादवले रिबन काटेर तथा कम्प्युटर चलाएर गरेका थिए।
सो उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं.२० का वडा अध्यक्ष श्री इमामुदिन मिया ठकुराई , वडा नं. २ का वडा अध्यक्ष श्री राजेश कुमार महतो, लुमन्ति कलैया का कार्यक्रम संयोजक अब्दुल कैश, दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था की अध्यक्ष रामरति देवी पासवान वडा नं. १० वडा अध्यक्ष का प्रत्यासी धनुहरू कुुशवाहा , लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रम मा स्वागत मन्तव्य लुमन्ति का सामुदायिक सहजकर्ता अनिल मन्डलको रहेको थियो। भने सन्चालन लुमन्ति का सामुदायिक सहजकर्ता सूर्य राज पासवान को रहेको थियो।




















