महाशिवरात्रिमा ८ लाख दर्शनार्थी पशुपति आउने कोषको अनुमान, मास्कविना पशुपतिमा प्रवेश निषेध!

sf7df8f}F, ( kmfu'g M dxflzj/flqsf] cj;/df ;Dk"0f{ lxGb"sf nflu ;a}eGbf dxTjk"0f{ / kljq:yn sf7df8f}Fsf] kz'kltgfy dlGb/df bz{g ug]{ z'qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं:= हिन्दूहरूको महान् चाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ । कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै शिवरात्रिको सम्पूर्ण व्यवस्थापकीय तयारी भइसकेको जनाएको हो । कोषले यस वर्ष महाशिवरात्रिमा करिब आठ लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ ।

यसपालिको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कबिना प्रवेशमा रोक लगाइने भएको छ । कोषले कोरोना महामारीका कारण मास्कबिना दर्शनार्थीलाई प्रवेशमा रोक लगाइने जनाएको हो । यसपालिको शिवरात्रि फागुन २७ गते परेको छ ।

पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, पश्चिमी ढोकाबाट एक लाइन र दक्षिणी ढोकाबाट दुई लाइन गरी चारवटा दर्शन लाइन बाहिरबाट रहने जनाइएको छ ।

सुरक्षाका लागि १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जनाइएको छ । जसमध्ये सात हजार नेपाल प्रहरी, तीन हजार सशस्त्र प्रहरी हुनेछन् । नेपाल स्काउटसमेत गरी करिब चार हजार स्वयंसेवक पनि परिचालन हुने कोषले जनाएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ३० वटा संस्थाहरूले सेवा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधि र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ । आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था गरिएको बताइएको छ ।

कोषका अनुसार शिवरात्रिमा साधु सन्त तीन हजारदेखि ३५ सयको संख्यामा आउन सक्नेछन् । पैसा तिरेर पूजा गरिने व्यवस्था बन्द गरिने कोषले जनाएको छ । पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि नभएको बताइएको छ ।

कोषले महाशिवरात्रि पर्व–२०७७ भव्यरूपमा सम्पन्न गर्न ११ वटा विभिन्न उपसमिति गठन गरी तयारीका काम गरिरहेको छ । उपसमितिले गरेका काम एवं तयारीका बारेमा बुधबार बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गरिने कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो ।

भक्तजनको सवारी पार्किङका लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारि गरी पाँच स्थान व्यवस्थापन गरिएको प्रचारप्रसार व्यवस्था उपसमितिका सचिव रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

हंसमण्डप वनकालीमा नेपाल र भारतका कलकार भक्ति संगीत एवं धार्मिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । पशुपति संगीत कला प्रतिष्ठानले वाग्मती पारि तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार भएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिंगारिने तयारीसमेत भएको छ ।

यसअघि मंगलबार बिहान महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको थियो । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक संघसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री भानुभक्त ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिंगलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो ।