कमेडी च्योम्पियन २ को चर्चा सुरु।

काठमाडौं:= नेपालमा रियालिटी सोहरू पछिल्लो समय बढिरहेका छन् । विशेषगरी विदेशका गायक तथा डान्सिङ रियालिटी सोहरू बढी हावी भइरहेका बेला नेपालकै मौलिक कमेडी रियालिटी सो को रूपमा आएको ‘कमेडी च्याम्पियन’को चर्चा पहिलो सिजनमा पनि निकै थियो । अहिले दोस्रो सिजनको सुरुवातबाटै चर्चा सुरु भएको छ ।

युटुवमा अपलोड गरिएको कमेडी च्याम्पियन सिजन २ को भिडियो यतिबेला युटुव ट्रेन्डिङको शीर्ष स्थानमा छ । यस्तै ‘कमेडी च्याम्पियन सिजन २’ को दोस्रो एपिसोड पाँचौं नम्बरमा छ ।

दुवै भाग फिजिकल अडिशनका हुन् । विशाल भण्डारीको निर्देशन रहेको शोमा केकी अधिकारी, रिमा विश्वकर्मा, राज घिमिरे र हिरन बस्नेत निर्माताको रूपमा छन् । निर्णायकको भूमिकामा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

यो सिजनमा रिमा विश्वकर्मालाई होष्ट गर्न मेक्सम गौंडेलले साथ दिनुभएको छ । पहिलो सिजनको सफलता पश्चात् कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु भएको हो ।