लिभरपुलमाथि चेल्सीको संघर्षपूर्ण जित।

एजेन्सी := इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले लिभरपुलमाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले १-० को पराजय ब्यहोरेको हो।

चेल्सीको जितमा म्यासन माउन्टले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल बाहेक दुबैतर्फबाट गोल नहुँदा चेल्सीले १-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले फुलहमलाई १-० गोलअन्तरले हराउँदा एभर्टनले पनि व्रुममाथि १-० कै जित निकाल्यो।

यो सँगै चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लियो भने ४६ अंक जोडेको एभर्टन पाँचौ स्थानमा छ।

उता ४३ अंक जोडेको लिभरपुल सातौं स्थानमा झरेको छ भने ४२ अंक जोडेको टोटेनहम आठौं स्थानमा उक्लिएको छ।