कुवेत := कोरोना भाईरस (कोभिड-१९) को बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ।
कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका अनुसार कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यसको नियन्त्रणका लागि सरकारले आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने बताइएको छ।
कर्फ्यु चाहिँ अंशिक कर्फ्यू लगाउने निर्णय गरेको हो । आंशिक कर्फ्यू कहिले सम्म भनेर नखुलाइए पनि अप्रिल दोश्रो साताबाट शुरु हुने मुस्लिम धर्मवलम्बीहरुको पवित्र पर्व रमादान पहिले नै स्थिती सामान्य भएमा कर्फ्यू हटाइने छ।
कोरोना नियन्त्रणकै लागि कुवेतले नेपाल लगाएत ३५ वटा मुलुकहरुबाट सिधा उडानमा लामो समय देखि बन्देज लगाएको थियो। यसै क्रममा गत फेब्रुअरी ७ तारिक देखी अरु थप ३३ देशबाट सिधा आगमनमा रोक लगाएको थियो ।




















