[रबिन्द्र प्रसाद साह]
कलैया := दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया बाराको आयोजना तथा कलैया उपमहानगरपालिका, लुमन्ति आवाशको लागि सहयोग समूह र शहरी गरिबी निवारण मञ्चको संयुक्त सहयोगमा कलैया उपमहानगरपालिका को सभाहलमा मंगलबार चेक हस्तांतरण कार्यक्रम सम्पन्न भएको छ।
सेलाभिप परियोजना अन्तर्गत कलैया उपमहानगरपालिका अन्तर्गतका लुमन्तिको कार्य छेत्र रहेका २१ ओटै टोलका ५१ ओटा परिवारको घर निर्माणका लागि पहिलो किस्ता अन्तर्गतका २० जना परिवारहरुलाई ५० हजारको दरले जम्मा रु. १० लाख रुपैयाँको चेक हस्तांतरण गरिएको थियो।
दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया बाराकी अध्यक्ष रामरती देवी पासवानको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको थियो।

सो कार्यक्रममा विशिष्ट अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद वर्णवाल , अतिथिहरूमा कलैया उपमहानगरपालिकाका योजना प्रमुख मुस्ताक अंसारी, लुमन्ति आवाशको लागि सहयोग समूह कलैया का फिल्ड संयोजक अब्दुल कैश, शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह, सहकारी का व्यवस्थापक अखिलेश राम लुमन्ति का इन्जिनियर विवेक तिवारी, सामुदायिक सहजकर्ता अजय यादव, विभिन्न टोलका लाभग्राही व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा सन्चालन लुमन्ति कलैया का वरिष्ठ सामुदायिक सहजकर्ता अनिल मन्डल को रहेको थियो भने स्वागत मन्तव्य सामुदायिक सहजकर्ता सूर्य राज पासवान को रहेको थियो।




















