नेदरल्यान्डमा मार्च १५ सम्म लम्बियो कर्फ्युको अवधि।

एजेन्सी := कोरोमा सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । पछिल्लो जानकारी अनुसार त्यहाँका अधिकारीहरुले कोभिडका कारण लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन् ।

डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कफ्र्यु लगाएका छौँ भने ।

मंगलबार पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री रुटले भने, “हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ ।”

त्यहाँका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ– उनले भने ।

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए ।

जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिए। तर त्यहाँको सरकारले लगाइएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ ।

अहिले कतिपय स्थानमा विभिन्न समयमा कफ्र्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।