अभिनेता भुवन केसी भन्छ्न : ‘न्यायमूर्तिहरूलाई मेरो सलाम छ’

काठमाडौं:= संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको फैसला स्वागत योग्य भएको भन्दै यतिबेला राजनीतिक दल तथा आमनागरिकले खुशीयाली मनाइरहेको देखिन्छ । यसैबीच नेपाली कलाकारहरूले पनि यस विषयमा सामाजिक सञ्जालमा आआफ्नो मत राखिरहेको देखिन्छ ।

अभिनेता भुवन केसीले सर्वोच्चको फैसलापछि आफ्नो फेसबुकको वालमा स्टाटस लेख्दै सर्वोच्चको निर्णयले संविधानमाथि खेलाची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गर्नुका साथै हजारौंको भौतिक र मानसिक बलिदानी पछि प्राप्त संविधानको सर्वोच्चताको रक्षा गरेको बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ, ‘हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरू दण्डित हुन्छन् भन्ने सन्देश दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिलाई मेरो सलाम छ । संवैधानिक संकट त ट¥यो तर नेतृत्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्राण्टेड’ नलिनु होला ।’

उहाँले राजनीतिज्ञहरूलाई ‘मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला’ पनि भन्नुभएको छ । नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसी प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । गत वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उहाँ केही पटक बालुवाटारसमेत धाएको बुझिन्छ । तर, बोर्ड अध्यक्षको नियुक्ति दिने आश्वाशन दिएर धोका दिएको भन्दै उहाँ प्रधानमन्त्री ओलीसँग रुष्ट रहेको बताइन्छ । मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेको हो ।

‘यो जित कस्को ? यो हार कस्को ?’

सर्वोच्चले संसद् विघटन गर्ने निर्णय बदर गरेसँगै कलाकारिता क्षेत्रबाट पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबीच कलाकार दीपकराज गिरीले भने यो फैसलालाई कसैको जित र हारको रूपमा हेर्न नहुने बताउनुभएको छ । दीपकले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यो जित कस्को ? यो हार कस्को ? यसरी सोच्ने बुद्धि कसैमा नआओस् नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ ।’ दीपकले सर्वोच्चको फैसलालाई जित र हारको रूपमा हेर्नुभन्दा अब सबैजना मिलेर देशलाई समृद्धिको बाटोमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।