सबिनाको उपचारको लागि मलेसियाबाट आर्थिक सहयोग प्रदान।

पाँचथर := आर्थिक अवस्था कमजोर भएकी पाँचथरको फिदिम नगरपालिका वडा न. २ ठाँडे निवासी १७ वर्षिया सबिना तुम्बापोलाई उपचारको निम्ति फाल्गुनन्द एकता समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।

समाजका संस्थापक संरक्षक सन्तोष प्रकाश रिजालको विशेष पहलमा सबिनाको उपचारको निम्ति संकलन भएको ११ हजार ४ सय ५० रुपैया सहयोग रकम बुधबार घरमै लगेर सविनाकी आमा,बहिनीलाई हस्तान्तरण गरिएको हो ।

फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्बापो,नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष विजयबोध लावती,नेपाल प्रेस यूनियन पाँचथर अध्यक्ष तथा रेडियो दिव्यवाणी १०१.५ मेगाहर्जका अध्यक्ष तथा प्रवन्ध निर्देशक जितेन्द्र भण्डारी,तथा स्थानियको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम प्राप्त गरेपछि सविना आफन्तजन हर्षित भएका छन् ।

स्थानिय खड्क बहादुर तुम्बापोको जेठी छोरी १७ वर्षिय सविना तुम्बापो घाँस काट्ने क्रममा लडेर टाउको फुटेको,मेरुदण्ड समेत भाँचिएर अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल धरानमा उपचार भइरहेको छ ।

तुम्बापो लडेर घाईते भएको समाचार दिव्यवाणी रेडियो बाट प्रशारण तथा अनलाईनबाट प्रकाशन भएपछि एकता समाजले सहयोग रकम उपलब्ध गराएको हो ।