PNCC मलेसिया र राजदुतावास को सहयोगमा मलेसिया बाट बिरामीहरु स्वदेश फिर्ता ।

मलेसियामा श्रमिकहरुको हक र अधिकारका लागि आवाज उठाउदै आएको PNCC मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर को सहयोगमा बिरामि हरु स्वदेश फिर्ता भएका छन ।

ज्ञास्ट्रीक बिरामि परेकि सम्झना रम्तेल, डिप्रेसनमा परेका नविन खड्का,प्यारालाइसेस भएका राजेश केसी ,ब्रेन टिउमर भएका सन्दिप कोइरी र कुमार कार्कि लाइ निसुल्क उद्वार गरी स्वदेश फिर्ता गराएको हो ।

PNCC मलेसियाले बिरामिहरुलाइ खाना बस्न तथा प्राथमिक चरणको उपचार गराइ स्वदेश फर्काउने प्रबन्ध मिलाइदिएको हो ।

राजदुतावास क्वालालम्पुर ले पीडित हरुलाइ केहि लाइ हवाइ टिकट उपलब्ध गराएको थियो भने केहि iom संग सम्मन्वय गरि PNCC मलेसियाले ले उपलब्ध गराएको PNCC मलेसियाका संयोजक मछिन्द्र चापागाईंले जानकारी दिनुभयो ।

संयोजक चापागाईं का अनुसार पीडित सबैलाइ उद्वार गरि परिवार को जिम्मा लगाइसकेको बताउनुभयो ।