बालिकालाई जबर्जस्ति करणी,बलात्कारको प्रयासमा पत्रकार महेन्द्र सहनी पक्राउ 

बारा := बालिकालाई जबर्जस्ति बलात्कार गर्ने प्रयासको क्रममा एकजना सञ्चारकर्मी,पत्रकार पक्राउ परेका छ्न।

प्रदेश नम्बर .२ बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरिया गाउँ निवासी सञ्चारकर्मी , पत्रकार महेन्द्र सहनी मलाहले आफ्नै छोरीको साथी १५ बर्षिय एक स्थानीय बालिकालाई हिजो मिति २०७७ साल फाल्गुन ८ गते जबर्जस्ति करणी (बलात्कार) गर्ने प्रयासको क्रममा पक्राउ परेको हो।

सञ्चारकर्मी सहनीकि छोरीको साथी समेत रहेकी उक्त बालिकाले आफुलाई घरमा कोहि नरहेको बेला घरभित्र जबर्जस्ति बलात्कार गर्ने प्रयासमा पक्राउ गरिएको प्रहरीले बताएका छ्न।

सहनीले छोरी भेट्न आएको बालिकालाई घरको माथिल्लो तल्लामा पठाएर बलात्कार गर्ने प्रयास गरेका थिए। बालिका रोई कराई गरेर चिच्याउन कराउन थालेपछि पीडित बालिकाकी आमाले सुनेर हो-हल्ला गरेपछि स्थानीयले हल्ला सुनेर जम्मा भएर सहनीमाथी कुटपिट गरि घाइते बनाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

प्रहरीको सहयोगमा तत्कालै पीडित बालिकाको स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल पठाइएको स्थानीय जनप्रतिनिधि सोनालाल साहले बताउनुभयो।
परिक्षण पछि बालिकाको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे अझै थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बिगतका बर्षदेखीनै बाराको विभिन्न एफएम,रेडियोहरुमा कार्यरत रहदै आएका सहनी पछिल्लो समय कोल्हबीको रेडियो पातालगँगामा कार्यरत रहेका थिए।