फाल्गुनन्द एकता समाज मलेसियाद्धारा विरामी रम्तेललाई आर्थिक सहयोग प्रदान।

पाँचथर:= फाल्गुनन्द एकता समाज मलेसियाले पाँचथरको फाल्गुन्न्द २ का एक विरामीलाई सहयोग रकम प्रदान गरेको छ । शुक्रबार फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष देवित्रा आङदेम्बे,कार्यपालिका सदस्य चन्द्रमाँया आङदेम्बे,नेपाली काग्रेस आमन्त्रित जिल्ला सदस्य मणिचन्द्र चेम्जोङ लगायतले विरामी रुक बहादुर रम्तेलको परिवार लाई सहयोग २८ हजार ४ सय १३ रुपैया रकम हस्तान्तरण गर्नुभएको थियो ।


समाजका केन्द्रिय सदस्य कैलास आङदेम्बेको पहलमा उक्त रकम संकलन भएको संस्थाका संरक्षक सन्तोष रिजालले बताउनुभयो । २ वर्ष अघि स्थापना भएको यस संस्थाले अहिले सम्म २० लाख रुपैया बरावरको रकम विपन्न,असाहाय,पिडितहरुलाई सहयोग गरिसकेको छ । यस संस्थाको २१ फेब्रुअरी २०२१ मा मलेसियामा अधिवेशन हुँदैछ ।