नेपाल वेष्ट म्युजिक अवार्ड घोषणा।

काठमाडौं := तुल्सी मिडियाको आयोजनामा ‘नेपाल वेष्ट म्युजिक अवार्ड’ हुने भएको छ । आउँदो चैत महिनामा हुने यस अवार्ड ३९ विधामा फारम खुला गरिएको छ । अवार्डले नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई समेट्ने बताइएको छ । 

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल वेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरिएको तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले जानकारी दिनुभएको छ । भण्डारीका अनुसार अवार्ड आगामी चैत १४ गते शनिबार राजधानीमा वितरण गरिनेछ ।

अवार्डमा लोक, पप, आधुनिक र फिल्म विधालाई स्थान दिइनेछ । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् । यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधाअन्तर्गत नवगायक, नवगायिका, नवनायक र नवनायिका समावेश छ । यस्तै प्राविधिकतर्फ सबै विधाअन्तर्गत छायांकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तर्गत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । 

पपुलरतर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताउनु भएका एक स्रष्टालाई नगद सहितलाई फटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिनेछ । यही फागुन ३ गतेबाट २१ सम्मको लागि सबै विधामाफर्म खुला गरिएको आयोजकले जनाएको छ । निःशुल्क फर्मका लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधिमार्फत पनि फर्म भर्न सकिने जनाएको छ ।