मलेसियाले कोरोना भाइरस विरुद्धको खोप लिने अबैधानिक कामदारहरुलाई पक्राउ नगर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन जाने अबैधानिक विदेशी कामदारहरुलाई पक्राउ नगर्ने बताएको छ।

मलेसिया सरकारको विज्ञान,प्रवृद्धी मन्त्री खैरी जामालुदिनले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भने , “मलेसियामा कोरोना भाइरसलाई जरैदेखि हटाउनको लागी यो कदम चाल्न लागिएको हो , हामी यहाँका नागरिक समाज र श्रमिकका हकहितको निम्ति काम गर्ने राष्ट्रिय,अन्तर्राष्ट्रिय संस्था,संगठनहरु संग सहकार्य गरेर कार्य गर्दै अगाडि बढ्नेछौँ , र हामीले यहाँ रहेका विदेशी श्रमिकहरु संग राम्रो सम्बन्ध बनाउदै विश्वास निर्माण गरिरहेका छौँ” मन्त्री जमालुदिनले भने।

मन्त्री जमालुदिनले थप्दै भने , सरकारको यस् कदममाथी विश्वास नगर्ने अबैधानिक विदेशी कामदारहरुलाई अनुरोध गर्दै भने , मलेसियामा कोरोना भगाउनलाई तपाईं सबैको साथ अनिवार्य आवश्यक रहेको छ । त्यसैले ढुक्क हुनुहोस् हामीले खोप लगाउने तपाईं हरु कसैलाई पनि अनावश्यक दु:ख दिने छैनौं र पक्राउ पनि गर्ने छैनौँ , स्वतन्त्र रुपमा खोप लगाउनुहोस मलेसियालाई कोरोनामुक्त बनाउन सहयोग गर्नुहोस्।

सरकारले यहीँ फेब्रुअरी महिना २६ तारिख देखि राष्ट्रिय कोरोना भाइरस (कोभिड-१९) को खोप कार्यक्रम सुरु गर्ने बताएको छ। खोप सुरु भएको दिनदेखि दैनिक १ लाख २६ हजार जना व्यक्तिहरूलाई खोप लगाउन सकिने बताएको छ।

सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) को खोप,भ्याक्सिनहरू स्वदेशी , विदेशी , बैधानिक , अबैधानिक सबै नागरिकलाई नि:शुल्क दिने निर्णय गरेको यस अघिनै बताईसकेको छ।Bernama