बैतडी := अपराध समाजमा यति धेरै बढीरहेको छ कि यसको नियन्त्रण निकै चुनौतीपूर्ण बनीरहेको छ । कलिलै उमेरमा किशोरहरु समेत आपराधीक कर्ममा सक्रिय हुन थालेका घटनाहरुले देखाईरहेका छन् ।
बैतडीमा भागरथी भट्टको बलात्कार तथा हत्यामा पनि नाबालक नै संलग्न भएको पाईएको छ। भागरथीलाई हत्या गर्ने दिनेश भट्ट कक्षा ११ मा पढ्ने १६ वर्ष उमेरका भएको पाईएको हो। उनले फुपुको बदला लिन भागरथीलाई हत्या गर्न पहिले देखि खोजेको तर नमिलेकाले अहिले हत्या गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । उनलाई आज सार्वजनिक गर्ने तयारी छ ।
गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्त दिनेशले प्रहरीले पटक पटक बोलाउदै केरकार गर्ने क्रममा उनले अपराध कबुल गरेका छन् ।
भागरथीलाई मार्न बाटो ढुकेर बसेको र उनले चाउ चाउ खाँदै आए पछि आफूले किताब फ्यालेर धक्का दिएको र त्यस पछि बेहोस् भए पछि बलात्कार गर्न खोजेको र घाँटी थिचेर मारेको दिनेशले स्वीकार गरेका छन् ।
बाटोबाट करीब ५० मिटर तल लवलेकमा भागरथीको शब फेला परेको थियो ।
त्यस पछि घरमै बसेर नियमित स्कुल जाँदै आउदै गरेका दिनेश माघ २३ गते घटनास्थलमा १५ मिनेट जति सहभागी भएर गोरु चराउन भन्दै हिँडेका थिए । सबै साथीहरु आन्दोलनमै हुँदा उनी गोरु चराउने बहानामा हिँड्नुको कारण बजार र गाँउभरी पुलिसले खतरा कुकुर ल्याउदैछ, त्यो कुकुरले सुँघेर अपराधी पत्ता लाउछ भनेर हल्ला चल्नु थियो । कुकुरले आफैलाई सुँघ्ने हो कि भन्ने डरले दिनेश गोठालो गएको स्वीकार गरेको पनि बयान दिएका छन् ।
डिआईजी उत्तम सुवेदीको नेतृत्वमा संघ, प्रदेश प्रहरी, सिआईबीको टोलीले अनुसन्धानको १३ औं दिनमा अपराधी पत्ता लगाउन सफल भएको हो ।




















