[ राम अवतार चौधरी ]
कपिलवस्तु:= कपिलवस्तुको शिवराज–५, सुन्दरनगरी चन्द्रौटामा शिवराज मोटर पाट्र्स उद्घघाटन भएको छ। बजाज शोरुमको दक्षिणपट्टी खुलेको मोटर पाट्र्स युवा नेता रहिस शाहद्वारा रिबन काटेर सोमबार उद्घघाटन गरिएको हो ।
नेता शाहले मोटर पाट्र्स उद्दघाटन गर्दै स्थानीय युवाले गरेको व्यवसायको कार्य प्रशंसा गरे । उनले विदेशमा गएर पसिना बगाउनु भन्दा स्वादेशमै बगाउनु आन्नदमय हुन्छ । अब युवाहरु विदेशमा पलायन हुनु हुँदैन भन्दै स्थानिय सरकारले स्वादेशमै रोजगारीका अवसर खोज्नुको विकल्प नरहेको शाहले जिकिर गरे । मद्येशी सामुदायको नागरिक पनि व्यापारको पहँुचमा आउनु एकदमै सह्रानिय रहेको उनले बताए । नेता शाहले भने “अरुको जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्नु उत्तम हुन्छ ” ।

यस्तै पाट्र्स सञ्चालक खुरसेद अहमद खाँले मोटरसाईकल तथा अटो रिक्साको सम्पूर्ण पाट्र्स आफूसँग उपलब्ध हुने जानकारी गराउँदै स्थानियस्तरमा सवारी बिग्रीएको खण्डमा सोही स्थानमै गई मर्मत गर्ने व्यवस्था रहेको उनले बताए ।




















