मलेसियामा जारी एमसिओको अवधी आउदो महिना मार्च ४ तारिखसम्म थप।

क्वालालम्पुर ( मलेसिया ):= अहिले मलेसियामा कोरोना भाइरस ( कोभिड-१९) को माहामारीले दिनहुँजसो भारी संख्यामा कैयौं मानिस हरु को मृत्यु हुने गरेको छ , र हजारौंहजार संक्रमित फेला परिरहेको छ।

कोरोना संक्रमण लगातार ह्वात्तै बढ्दै गैइरहेकोले मलेसिया सरकारले यहीँ बर्ष सन् २०२१ को जनवरी १३ तारिखदेखीनै यहीँ महिना फेब्रुअरी १८ तारिखसम्मको लागी कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर , आवागमन नियन्त्रण आदेश ( एमसिओ , लकडाउन ) जारी गरेको छ्।

तर सरकारले मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) को अवधी बढाएर यहीँ बर्ष सन् २०२१ को आउदो महिना मार्च ४ तारिखसम्मको लागी पुनः एमसिओको अवधी थप गरेको छ।

[ तस्बिरमा मलेसियाको वरिष्ठ – रक्षामन्त्री इस्माईल साब्री याकोब ]

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले स्थानीय सञ्चारकर्मीहरु संगको पत्रकार सम्मेलनमा बोल्दै भने, ” कोरोनाको जोखिम उच्च रहेको मलेसियाको विभिन्न राज्य र क्षेत्रहरु क्रमशः पेनाङ , सेलाङ्गर , मेलाका , क्वालालम्पुर , पुत्राजाया , लाबुवान , जोहोर , केलान्तान , साबाह , केडाह , पेराक , नेगेरी सेम्बिलान , पाहाङ्ग , तेरेङ्गानु र पेरलिस,सारावाहमा आउदो महिना मार्च ४ तारिखसम्मको लागी जारी एमसिओको अवधी थप गरिएको रक्षामन्त्री साब्रीले बताए।

साथै यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ – ठाउँमा रोड ब्लक गरि मलेसियन प्रहरी र आर्मी समेत परिचालन गरि कडाईका साथ चेकजाँच गरिरहेको साथै कोरोना सम्बन्धि एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा कारवाही गरिने रक्षामन्त्री साब्रीले बताएको छ।

साब्रीले बताए अनुसार जारी एमसिओ अवधीमा एक राज्यबाट अर्को राज्यमा यात्रा गर्न निस्केको क्रममा सयौंको संख्यामा अबैधानिक (ईलिगल) विदेशी कामदार हरु पक्राउ परेको र ती सबैलाई डिटेन गरिने बताएको छ।
साथै एसओपी पालना नगर्ने कैयौं स्वदेशी , विदेशी मानिसहरु लाई पक्राउ गरि जेल चलान गरिएको र जरिवाना बापतको शुल्क समेत तिर्न लगाइएको बताएको छ।