[ राम अवतार चौधरी ]
कपिलवस्तु:= नारायण गोपाल प्राथमिक विद्यालयमा सरस्वती पुजाको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा योगदान दातालाई सम्मान गरिएको छ । जिल्लाको शिवराज नगरपालिका–७ जुमलीमा अवस्थित विद्यालयलाई विकासमा योगदान पु्याएको भन्दै दाताहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयलाई विकासको रुपमा राम गोपाल चौधरीले र नारायण चौधरीले जग्गा दान गरेर विद्यालयलाई यस स्थान सम्म पु्याएकोमा उनीहरुलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको सोही विद्यालयका प्रधानाध्यापक प्रभु भारतीले जानकारी दिए । यस्तै विद्यालयलाई सामाजिक रुपम विद्यालयलाई सहयोग पु्याएको भन्दै विरेन्द्र कुंवर सिङ शिवराज नगरपालिका वडा नं.७ का अध्यक्ष अनुप कुमार चौधरी लगायत शिक्षाप्रेमी व्यक्तित्वहरुलाई खादाले सम्मान गरिएको समेत प्रधानाध्यापक भारतीले जनाए ।

यसैबीच शिवराज–७ का अध्यक्ष अनुप कुमार चौधरीले मद्येशी समुदायमा कतिपय बालबालिकाहरु शिक्षाको पहँुचमा नभएको बताउँदै अभिभावकले अ–आफ्नो बच्चालाई विद्यालयको पहुँचमा ल्याउन आग्रह गरे । शिक्षाले नै समाजको मुहार फेर्न सक्ने जनाउँदै अभिभावकलाई शिक्षाप्रति लगाब दिएर बालबालिकाको भबिष्य उज्जवल बनाउनमा लाग्नुपर्नेमा जोड् दिए । सो विद्यालयको स्तर उकास्न आफ्नो अमूल्य सम्पत्ती दान दिएर हजारौँ विद्यार्थी उत्पादनमा सहयोग गरेका दात्ताहरु सदैब अमर रहने साथै धन्यावादका पात्र भएको अध्यक्ष चौधरीले बताए ।


त्यसैगरी राम गोपाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको अवसर पारी करिब ३५ बर्ष देखि उक्त विद्यालयमा अध्यपन गराईरहेका शिक्षक पिंगल प्रसाद चौधरी र विगत केहि समयदेखि अध्यपन गराउँदै आएका ज्योतिलाल भुसाललाई एकैसाथ विदाई भएका शिक्षकलाई सिद्घार्थ बाल क्लबले समेत सम्मान गरिएको बताईएको छ । शिक्षक चौधरी लामो समयदेखि अध्यापन गराउँदै आएका विद्यार्थी कहाँ देखि कहाँ पुगि सक्दा आफू उहि अवस्थाबाट विद्यालयबाट विदाई हुनुपर्दा दुःख लाग्नु स्वाभविक रहेको बताए । एकै साथ विदाई भएको शिक्षक भुसालले अध्यापन गराउँदै आएका विद्यालय छोडनु रहर नभएर बाध्यता रहेको बताए । उनले भने “आफूलाई पायक पर्ने स्थानमा जाँदैछु सबै विद्यार्थीलाई उज्जवल भबिष्यको कामना ।” विदाई गरिएको शिक्षकलाई खादा र मायाको चिनोले सम्मान समेत गरिएको पूर्व शिक्षक ज्योतिलाल भुसालले जानकारी दिए ।




















