[ अभय दुबे ]
बारा := बाराको हुलाकि राजमार्ग अन्तर्गत सडक दुर्घटना बृद्धि कम भएको छ। सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय निजगढले लङ्गडा चौकमा अस्थायि ट्राफिक पोष्ट स्थापना गरेका छन । बाराको सिम्रौनगढ क्षेत्रका तथा रौतहटबाट बिरगँज आउनकोलागि त्यहि हुलाकि राजमार्ग प्रयोग गरी रहेको देखिन्छ । गाँउ घरको बाटो भएकोले सवारी चालकहरुमा ट्राफिक नियमबारे जानकारी नरहेकोले दुर्घटना बढिरहेको पाईन्छ।
अस्थायि ट्राफिक पोष्ट लङ्गडा चौकमा ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतको कमान्डमा र ईलाका प्रहरी कार्यालय चिउटाहाको सहयोगमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ स्थित सामुदायिक प्रहरी साझेदारी ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। साथै सडकमा हिडिरहेको १५ वटा टेक्टरको टेलर पछाडि भागमा रिफ्लेटिभ लाईट स्टिकर पनि टाँसिएको छ ।

रिफ्लेटीभ लाईट स्टिकरले रातिको बेला टल्किने गर्छ जसले गर्दा सडक दुर्घटना कम हुने बिश्वास लिएको पनि ट्राफिक प्रहरी सहायक निरिक्षक बस्नेतले बताएका छन ।
लङ्गडा चौक अस्थायी ट्राफिक पोष्टमा ट्राफिक प्रहरीमा बस्नेत आए लगतैबाट स्थानियहरुमा ट्राफिक नियम बारे सचेतना जगाउनुको साथै सवारी चालकसँग मधुर ब्यवहार गरी राख्नु भएकोले यहाँका प्राय सबै जनाले ट्राफिक नियम पालन गर्न थालेको जानकारी लङ्गडा चौकका रोज महम्द मियाले जानकारी दिनु भएको छ ।





















