मलेसियामा २६ तारिखदेखी कोरोना विरुद्धको खोप,वैधानिक,अवैधानिक सबैले पाउने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहीँ फेब्रुअरी महिना २६ तारिख देखि राष्ट्रिय कोरोना भाइरस (कोविड-१९) को खोप कार्यक्रम सुरु भएपछि दैनिक १ लाख २६ हजार जना व्यक्तिहरूलाई खोप लगाउन सकिने बताएको छ।

स्वास्थ्यमन्त्री दातुक श्री डा. आदाम बाबाले सञ्चारकर्मी संगको कुराकानीको क्रममा बताए अनुसार “स्वास्थ्य मन्त्रालयले देश भरमा ६०० वटा खोप केन्द्रहरू पहिचान गरी तयार गरिसकेको छ । जसमा स्वास्थ्य क्लिनिकहरुको साथसाथै सरकारी र निजी अस्पतालहरूमा समेत खोप उपलब्ध गराइनेछन्।

“हामी यी प्रत्येक एक स्टेशनमा ७ जना खोप लगाउने ब्यक्ति राख्नेछौं। एकजना खोप लगाउने ब्यक्तिले कम्तीमा ३० जना सर्वसाधारणलाई खोप लगाउनुपर्ने हुन्छ्न जबकि एक केन्द्रमा भएको ७ जना खोप लगाउने ब्यक्तिले लगाउने जम्मा गरेर दिनमा एक केन्द्रबाट अधिकतम २१० जना सर्वसाधारणले खोप लगाउन पाइनेछ ” उनले भने।

स्वास्थ्यमन्त्री डा.आदाम बाबाले आश्वासन दिए कि फाइजर-बायोटेक खोप वितरणमा अब ढिलाइ हुने छैन।
“हामीले खोप सुरक्षित गरिसकेका छौँ र खोपको कार्यक्रम फेब्रुअरी २६ तारिखबाटनै सुरु गरी योजना बनाइनेछ र पहिलो चरणमा अग्रपंक्ति (फ्रन्ट लाईन) मा काम गर्नेहरुमा केन्द्रित हुनेछ,” उनले थपे , ” यहाँ रहेका रोजगारदाताकम्पनीहरुलाई आफ्ना श्रमिक,कामदारहरुको बसोबास कोठा सफा र सुरक्षित साथ निश्चित गर्न, राख्नको लागी आग्रह गर्दछु डा.आदाम बाबाले भन्नुभयो।

साथै आफ्ना कामदारहरु लाई सरकार द्वारा औंल्याइएको मानक अपरेटिंग प्रक्रियाहरु (SOP) को पालना समेत गराउनुहुन अनुरोध गर्दै डा.आदामले भने “म रोजगारदाताहरूलाई सम्झना गराउन चाहन्छु कि उनीहरूले (कोविड -१९) को प्रसार , संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ्न ” उनले भने।

Health Minister Datuk Seri Dr Adham Baba (third from left, in purple shirt) checking on the living quarters of foreigners at the Senai industrial area on Saturday (Feb 13) here.

स्मरण रहोस् मलेसिया सरकारले यसअघिनै राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) को खोप,भ्याक्सिनहरू स्वदेशी , विदेशी , बैधानिक , अबैधानिक सबै नागरिकलाई नि:शुल्क दिने निर्णय गरेको बताईसकेको छ।