भागरथि भट्टको न्यायको लागि धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन।

[ समीर मल्ल ]

धनगढी := मिति माघ २८ गते त्रिनगर मा .बि कानुन संकायका विद्यार्थी हरुको अगुवाइमा बिद्यार्थीहरुले धनगढीमा मुख्यमन्त्री को कार्यालय अगाडि बिरोध पर्दर्शन गरेका छन।

त्रिनगर मा बि बाट शुरु भयको बिरोध पर्दर्शन जिल्ला प्रसासन कार्यालय हुँदै मुख्यमन्त्री कार्यलय बिरोध पर्दर्शन गरेका थिय बिरोध पर्दर्शन मा शिक्षक विद्यार्थी को बाक्लो उपस्थी रहेको थियो।

बिरोध पर्दर्शनमा विद्यार्थीहरुले बलत्कारी लाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्यायर कार्बाही नगरेसम्म चेलीबेटी विरुद्ध हुने यो हिंसा कहिले नरोकिने यस्तै अबस्था रह्यो भने बिस्वमा नेपाललाइ बलात्कारिको देश भनेर चिनिने भयकाले सरकारले छिटोभन्दा छिटो कार्बाही गरि कानुनी राज्यमा कानुनको प्रत्याभूती गराउनुपर्नेमा विद्यार्थीहरुले जोड दिनु भयको थियो । निर्मला पन्तको घटना जस्तै यो घटनालाइ पनि राज्यले संरक्षण गर्ने काम नगरियोस भन्दै विद्यार्थीहरुले खबदारी गरेका थिए।

कार्यक्रममा करुणा चन्द, शिशिर बि.क, ओम प्रकाश बस्ती , लोकेन्द्र चौधरी , बिरेन्द्र खड्का , हिमाल रावत, दर्शना धामी, कलापती धामी लगायतका बिद्यार्थीहरुले मन्त्ब्य राख्नु भयको थियो।