सेभियासँग बार्सिलोना पराजित।

एजेन्सी := स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।

खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोली सेभियालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ८५औं मिनेटमा इभान राकिटिचले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।

खेलमा बार्सिलोनाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ ।