देशभर नेकपाको बन्दको प्रभाव, कलंकीबाट अष्टलक्ष्मी शाक्य पक्राउ।

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले गरको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ। बन्दको काठमाडौंलगायत देशैभरि प्रभाव परेको छ। भित्री भागका केही खाद्यान्न पसल खुलेका छन् भने मोटरसाइकल बाहेकका सार्वजनिक सवारी चलेका छैनन् । 

यता प्रहरीले प्रचण्ड(माधव समूहका नेता तथा कार्यकर्ता धरपकड गर्न थालेको छ । प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । बन्दकर्ताले शामाखुशीम्मा ट्याक्सीमा आगजनी गरेका थिए भने विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।