[ राम अवतार चौधरी ]
कपिलवस्तु:= अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं कपिलवस्तुले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको शिवराज–३, खरेन्द्रपुरमा शनिबार भएको कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरि नेतृत्व विकासमा टेवा पुग्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अखिल छैठौं शिवराज नगर समितिले जनाएको छ ।
प्रतियोगितामा चार वटा समूह बनाएर ६० वटा व्यवहारिक प्रश्नहरु सोधिएको बताईएको छ । जस अनुसार खरेन्द्रपुर, चन्द्रौटा, नयाँ बस्ती र मदवा धनगढवा गरी चार समूहमा विभाजन गरिएको थियो । सोही अनुरुप खरेन्द्रपुर समूहले २१ प्रश्नहरुको सहि जवाफ दिई प्रथम स्थान ल्याउन सफल भएको हो । दोस्रो स्थानमा नयाँ बस्ती समूहले १० वटा प्रश्नको ठिक जवाफ दिएको थियो । यस्तै तेस्रो स्थानमा मदवा धनगढवाले ८ प्रश्नको सहि जवाफ दिएको थियो । त्यसैगरी चन्द्रौटाले ६ वटा प्रश्नको ठिक जवाफ दिएर सान्त्वना स्थान ल्याउन सफल भएको अखिल छैठौंका जिल्ला अध्यक्ष रेशम आचार्यले जानकारी दिए ।

अखिल छैठौं शिवराज नगर समितिकी अध्यक्ष सञ्जिला बुढा मगरको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा विजेता भएको समूहलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन छैठौं जिल्ला समितिले वेद मेन्नतिन, कपी, कलम लगायत पुरस्कारको व्यवस्था समेत व्यवस्था गरेको थियो । सो कार्यक्रममा आधारभूत तह अध्ययन गर्ने छात्रछात्रा विद्यार्थीहरुले भाग लिएका हुन् । अखिल छैठौं जिल्ला सचिवालय सदस्य टिना अदै, अखिल छैठौं शिवराज नगर समिति कोष अध्यक्ष भारती भण्डारी र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार केर सिंह अदै लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।




















