सक्षम स्वावलम्बन समुहमा नयाँ नेतृत्व,अध्यक्षमा सीता थारु।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= कपिलवस्तुको शिवराज–२, मदरहवामा रहेको सक्षम स्वावलम्बन समूहको प्रथम साधारणसभा सम्पन्न भएको छ । किर्डाक नेपाल तथा स्ट्रोम फाण्डेशन अन्र्तगत सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिडस कार्यक्रम स्ट्रोम फाण्डेशनको सहयोगद्वारा सक्षम समूहको साधारणसभा सम्पन्न भएको अध्यक्ष सीता थारुले जानकारी दिइन् ।

आइतबार सम्पन्न सभाले समूहमा नयाँ नेतृत्व चयन गरेको छ जसको अध्यक्षमा सीता थारु चयन भएकि छिन् । उपाध्यक्षमा राम कली थारु रहेकी छन् भने सचिवमा श्यामकली थारु निर्वाचित भएकी हुन् । यस्तै सह–सचिवमा मघुनी थारु र कोषाध्यक्षमा लक्ष्मी थारु रहेको नवा गठित समूहले जनाएको छ ।

शिवराज नगर उपप्रमुख शिवकमारी थारुले साधारण सभालाई सम्बोधन गर्दै जनजाति सामुदाय भित्र पनि थारु समुदायका महिला तुलनात्मक रुपमा निकै सक्रिय भएको बताएकी छन् । विगतका दिनमा आफ्नो परिचय समेत दिना नसक्ने नारीले अहिले जनमानसको अगाडी बोल्न सक्ने भएको देख्दा उनी खुशी व्यक्त गरिन् । अब थारु समुदायका महिला समेत शिक्षा लगायत अन्य क्षेत्रमा अघि बढ्नुपर्ने बताउँदै रोजगारीका रुपमा आत्मनिर्भर भएर बचत गर्ने बानीको विकास गर्न आवश्यक रहेको उपप्रमुख थारुले जनाइन् । हरेक कुरा अरुले दिन्छ की भनेर आश गरेर बस्न नहुने जनाउँदै आफै जागेर वा डटेर अधिकार लिन जरुरी रहेका जनाइन् । समूह अझै अगाडी बढ्न महत्वपूर्ण रहेको बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्घता समेत उनले जाहेर गरिन् । हामीले गर्न नसकेको काम किर्डाक नेपालले गर्दा समाज सकरात्मक परिवर्तनमा भुमिका खेलेको भन्दै कार्य प्रशंसा समेत थारुले गरिन् । उनले भनिन “आफूले प्रयोग गरेका ढकिया, घोंगी लगायतका थारु पहिचानको महत्वको मुल्याङकन अरु समुदायले गरि राखेको हुन्छ ।”

त्यसैगरी किर्डाक नेपाल तथा स्ट्रोम फाण्डेशनका कपिलवस्तु जिल्ला संयोजक कृष्ण रावलले कार्यक्रममा बोल्दै अहिले शिवराज नगरपालिका भित्रका १, २, ३, ५ र ११ वडा सञ्चलान भइरहेका बताएका छन् । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिडस कार्यक्रम नै आफ्नो संस्थाको लक्ष्य रहेकोले समाजमा सकरात्मक परिवर्तनमा उल्लेखनिय भुमिका खेल्ने उनले जिकिर गरे । आफूहरुले लगानी गरेको क्षेत्र प्रभावकारी भएको बताउँदै अगामी दिनमा अझै राम्रो कायक्रम ल्याउने समेत संयोजक रावलले प्रतिद्घता व्यक्त गरे ।
उक्त कार्यक्रममा शिवराज नगरपलिका वडा नं.२ का वडा अध्यक्ष राम बहादुर थारु, किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशनकी सामुदायिक सहजकर्ता इन्दु थारु, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।