सडकमा चेकजाँचको क्रममा प्रहरीलाई आरएम ५०० घुस दिन खोज्ने अबैधानिक श्रमिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा जारी एमसिओ अवधी भित्र एसओपी पालना नगर्ने र आधिकारिक यात्रा अनुमतिपत्र बिना एक राज्य बाट अर्को राज्यमा यात्रा गर्दै गरेको अवस्थामा सडकमा चेकजाँचको क्रममा हिजो जनवरी २१ तारिख बिहिवार सम्ममा १२ जना अबैधानिक विदेशी श्रमिक पक्राउ परेको छ।

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले स्थानीय सञ्चार माध्यम बेरनामा संगको कुराकानीको क्रममा बोल्दै भने , ” मलेसियामा दिनानुदिन बढ्दो क्रममा रहेको कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न १३ तारिखदेखी जारी गरिएको यस् आवागमन नियन्त्रण आदेश (एमसिओ)को एसओपी पालना नगर्ने र बिना आधिकारिक पत्र सहित एक ठाउँ बाट अर्को ठाउँमा यात्रा गर्न खोज्ने स्थानीय नागरिक लगायत विदेशी नागरिक गरि जम्मा ५७७ जनालाई पक्राउ परेको साब्रीले जनाएको छ।

[ तस्बिरमा वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोब ]

रक्षामन्त्री साब्रीले बताए अनुसार हिजो बिहीवार सम्ममा एमसिओ अन्तर्गतको एसओपी उलंघन गर्ने ५७७ जना पक्राउ परेको , जसमध्ये ३२ जनालाई चेतावनी दिई छोडिएको र बाकी ५४५ जनालाई भारी जरिवाना तिर्न लगाई एसओपी पालना सम्बन्धि सम्झाई बुझाइ छाडिएको बताए ।

रक्षामन्त्री साब्रीका अनुसार अहिले मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) मा एक राज्यबाट अर्को राज्यमा यात्रा गर्न मिल्ने मुख्य मुख्य सडकहरुमा स्थानीय प्रहरी र आर्मीको सहायतामा रोड ब्लक गरि चेकजाँचमा कडाइ गरिएको छ । चेकजाँचको क्रममा अहिलेसम्म १२ जना अबैधानिम विदेशी श्रमिक समेत पक्राउ परेको जनाएको छ।

त्यस्तै हिजो बिहिवार सडकमा चेकजाँचको क्रममा प्रहरीलाई घुस दिन खोज्ने दुई जना अबैधानिक बङ्गलादेशी श्रमिकलाई पक्राउ गरिएको छ।

टेक्सीमा सवार ती दुईजना बङ्गलादेशी नागरिकहरुको साथमा बैधानिक कागजात नरहेको र यात्रा गर्नको लागी केही आधिकारिक पत्र समेत नरहेको अवस्थामा सडकमा सोधपुछ र चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको अवस्थामा आफुहरुलाई छाडिदिनुहुन अनुरोध गर्दै प्रहरीलाई आरएम ५ सय रिंगेट घुस दिदैगरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका ती दुई बङ्गलादेशी नागरिकलाई र अन्य सबै अबैधानिक विदेशी हरुलाई हिरासतमा लिएर जेल चलान गरिएको जनाएको छ। Bernama