राजनीति पेसा हैन भन्दै नेकपाकी नेत्री शान्ता चौधरीले सुरु गरिन् ब्युटी पार्लर व्यवसाय।

काठमाडौं := नेकपाका समानुपातिक सांंसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छिन। उद्घाटन कृषि मन्त्री पद्मा अर्यालले गर्नुभएको हो । उद्घाटनमा बोल्दै मन्त्री अर्यालले भन्नु भयो- राजनीतिमा लागेको महिलाले उद्यम शील बन्न झनै आवश्यक छ । फिटनेश सेन्टरको उद्घाटनमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानले नेपालमा स्वास्थ्य र शारिरीक तन्दुरुस्ती प्रति जागरुकता बढेको बताउनुभयो ।

फिटनेश सेन्टर उद्घाटनमा उपस्थित नेपालका लागि युएईका राजदूत सइद हमदान अल नक्बीले स्वास्थ्य र फिटनेशप्रति विश्वभरी जागरुकता आएको बताउनु भयो । उहाँले भन्नुभयो– नेपालजस्तो सुन्दर देशमा राजदूत भएर बसिरहन पाउँदा आफू अति खुसी भएको बताउनुभयो ।

राजनीति पेशा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन सामाजिक सञ्जालमा उनले लेखेकी छिन ‘राजनीति पेशा होईन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु।’