कोरोनाको बीच “साउथ ईन्डियन” फिल्मको बक्स अफिसमा तुफान, नेपालमा पनि रिलिज।

काठमाडौं:= कोरोनाभाइरसका कारण विश्वभरी फिल्म उद्योग लामो समय ठप्प रहे । यही बीचमा रिलिज भएको दक्षिण भारतीय फिल्म मास्टरले बक्स अफिसमा तुफान ल्याएको छ । थलापति विजय र विजय सेतुपतिको फिल्म मास्टरले बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ ।

यो फिल्मले पहिलो दिन विश्वभरबाट ४० करोड कमाइ गरेको छ । दक्षिण भारतीय फिल्म नेपालमा कम मात्र रिलिज नहुने भए पनि यो फिल्म नेपालमा पनि रिलिज भएको छ ।

लोकेश कनागराजको निर्देशनमा बनेको यो फिल्म बुधबार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । बिहीबार यसको हिन्दी संस्करण रिलिज भएको छ । हिन्दी संस्करणको कमाइको हिसाब आउन बाँकी नै छ ।

बलिउड लाइफका अनुसार यो फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ । केरल र कर्नाटकमा ३–३ करोड कमाएको बताइएको छ । तेलंगना तेलंगना र आन्ध्र प्रदेशमा साढे ४ करोड, भारतका अन्य क्षेत्रमा डेड करोड कमाएको छ । विदेशबाट ४ करोडको कमाइ गरेको छ ।