कलैया अस्पतालका कर्मचारी आन्दोलित,माग पूरा गर्न स्वास्थ्य मन्त्रालय लाई ध्यानाकर्षण।

बारा := कलैया अस्पताल का कर्मचारीहरुले आफ्नो कोरोना भत्ता नपाएको भन्दै बिगत पाँच दिन देखि आन्दोलन मा छन् । अस्पताल को सबै सेवा ठप्प गर्दै सम्पूर्ण कर्मचारीहरु अस्पताल परिसर मै विभिन्न नारा लेखिएको  प्ले कार्ड बोकेर आन्दोलित भएका छन् ।

अस्पताल का कर्मचारी हरु ले डा. हरिओम केशरीको संयोजकत्वमा ६० जना कोरोना जोखिम भत्ता संघर्ष समिति नै गठन गरि आन्दोलन मा लागेका छन् । समिति  का प्रब्क्ता डा.रवि रोशन गुप्ता का अनुसार कोरोना महामारीको बेला ज्यानको जोखिम मोलेर कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएको १० महिना बितिसक्दा पनि अस्पतालले जोखिम भत्ता उपलब्ध गराएको छैन ।

डा. गुप्ता का अनुसार  यस विषयमा कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा विभिन्न निकाय lलाई पटक–पटक मौखिक एवंं लिखितरुपमा आग्रह गर्दा समेत ध्यान नगए पछी आफुहरु बाध्यात्मक बस  आन्दोलन मा आउनु परेको जानकारी दिएका छन् ।

बारा जिल्ला को एक मात्र  जिल्ला अस्पताल कलैया अस्पताल अन्तर्गत कलैया उपमहानगरपालिका वडा न ३ गंगापुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन भएको थियो । त्यसमा अस्पतालका १ सय १० जना कर्मचारीहरु कोरोना सन्क्रमित को ब्यवस्थापन मा खटिएका थिए ।

के भन्छ त  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ?

यस विषय मा सामाजिक विकास मन्त्रालय प्रदेश २ र  स्वास्थ्य मन्त्रालय ले अहिले सम्म केहि बोलेको छैन । कलैया अस्पताल प्रदेश सरकार अन्तरगत पर्ने गर्छ ! तर न प्रदेश कै मुख्य मन्त्री लालबाबु राउत ,नत  सामाजिक विकास मन्त्रालय का मन्त्री  र सचिव कै ध्यान गएको छ ।
यस सम्बन्धमा मेडिकल शिक्षामा अध्यनरत  जिल्ला का सचेत युवा हरु ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई ध्यानाकर्षण गराएका छन् ।

युवा अभियन्ता समेत रहेका काठमाडौ मेडिकल कलेजमा अध्यनरत  निराजन यादवको नेतृत्वमा जिल्लाका युवाहरु  जो अहिले  पाटन स्वास्थ्य प्रतिस्थान मा अध्यनरत कृष्णा कुमार गुप्ता , डेन्टल कलेज मा अध्यनरत  रामाशंकर कुश्ववाहा , टिचिङ अस्पताल का आनन्द कुमार गुप्ता सहित का मेडिकल शिक्षा मा अध्यनरत विभिन्न तह र तब्का का बिद्यार्थीहरु ले मन्त्रालय का प्रब्क्ता डा जागेश्वर गौतम , सह-प्रब्क्ता समीर कुमार अधिकारी सहित विभिन्न पदाधिकारीहरु लाई ध्यानाकर्षण गराएका छन्  ।

मन्त्रालय का सह- प्रब्क्ता  अधिकारीका  अनुसार  केन्द्रले मङ्सिर १२ गते नै कोरोना सन्क्रमित को ब्यवस्थापन मा खटिएका स्वास्थ्यकर्मी लाई कोरोना भत्ता उपलब्ध गराउन पत्रचार गरि सकेको जानकारी दिए ।  तर दुई महिना हुन लाग्दा पनि अस्पताल का कर्मचारी हरु ले आन्तरिक अनियमितताको कारण  जोखिम भत्ता नपाएको बुझ्न सकिन्छ। केन्द्र र प्रदेश संग को समन्वय नहुदा कर्मचारीहरु भत्ता नपाए पछी आन्दोलित भएका छन् ।

मन्त्रालय लाई ध्यानाकर्षण गराउन  गएका सचेत युवाहरुले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा देखिएको यो अनियमितता मा केन्द्र , प्रदेश तथा स्थानीय तहले कुनै साकारात्तमक पहल नगर्नुले स्वास्थ्यकर्मीहरुको मनोबल घटेको बताएका छन् । साथै ऊनीहरुले स्वास्थ्य मन्त्रालय लाई  पुन :  एकपटक सम्बन्धित निकायहरुलाई कडा निर्देशन दिन आग्रह गरेका छन् ।साथै स्वास्थ्यकर्मीहरुलाई अन्यौल र यो अवस्थामा पुर्याउन बाध्य बनाएका अस्पताल का मेडिकलसुपरिटेन्डेन्ट  माथी पनि कारवाहिको माग गरिएको निराजन यादव ले जानकारी दिएका छन् ।

अस्पताल का कर्मचारी आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रभावित

कलैया अस्पताल का कर्मचारीहरु को  आन्दोलनले गर्दा  जिल्ला अस्पतालको  स्वास्थ्य  सेवा प्रभावित भएको छ । बिगत ५ दिन देखि कर्मचारी आन्दोलनमा हुँदा जनताले उपचार गराउन पाएका छैनन् ।

गाउँ/  गाउँ बाट आएका आम नागरिक  अस्पताल को गेट बाटै फर्क्नु पर्ने स्थिति देखिएको छ।यस विषयमा आन्दोलन गरि रहेका कर्मचारी हरुले सेवा बन्द हुदा आम सर्वसाधारण बिरामीहरुमा पर्न जाने असुविधाको जिम्मेवारी केन्द्र, प्रदेश सरकार, अस्पताल प्रशासन,जिल्ला प्रशासन कार्यालय बारा र सम्बन्धित स्थानीय तह कलैया उप महानगरपालिकाले लिनुपर्ने जानकारी दिए ।