माघी पर्वलाई लक्षित गरी सांगीतिक क्षेत्रमा फड्को मार्दै थारु कलाकारहरु।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= तराईका मूल आदिवासी जनजाति समुदायले माघमा मनाइने माघी पर्वलाई लक्षित गरि पछिलो समय थारु सामुदायको सांगितिक क्षेत्रले निकै फड्को मारिरहेको अवस्था छ । यस बेला देशैभरिका प्रायः थारु समुदायको बहुल्य रहेको स्थानहरुमा एकठाउँमा जम्मा भएर झुम्रा, भररा लगायत नाच गरि विभिन्न साँस्कृतिक एवं जनचेतनामूलक, रमाइलो हुने साथै आफ्नौ मौलिक पहिचान जोगाउने खालका कार्यक्रम आयोजना गर्न युवाहरु जुटेको थारु अगुवाहरु बताउँछन् ।

यसै आयोजना भइरहेको कार्यक्रमलाई पूर्णरुपमा सार्थक बनाउन थारु गीत संगित लगायत कलाकारहरुको निकै माहत्पूर्ण भुमिका रहन्छ । सोही बीच थारु समुदायका लोकप्रिय र सुमुधर स्वरले भरिएको गायक बिष्णु चौधरी र किरण चौधरीको स्वर रहेको “चूडी, पायल बिँडिया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु भाषामा रहेको उक्त गीत एन.डी. स्टुडियाबाट बुधबार सार्वजनिक भएको हो ।

“चूडी, पायल बिँडिया” बोलको गीतमा किरण चौधरीको शब्द सङ्गीत रहेको छ भने गणेश चौधरीले सङ्गित संयोजन गरेका छन् । सो गीतको म्युजिक भिडियो प्रमोद चौधरी, सुश्मा चौधरी, सालिन चौधरी र मेनुका चौधरीले अभिनय रहेको छ । अक्षय चौधरीले निर्देशन गरेको भिडियोलाई राकेश चौधरीले छायांकन र सम्पादन गरेका कलाकारले बताएका छन् ।

गायक विष्णु चौधरीले छोटो समयमा नै गायन क्षेत्रमा निकै चर्चा बटुल्न थालेका छन् । उनी थारु गीत सङ्गितको साथै भोजपुरी, नेपाली गीतहरु गाएर थारु समुदायको क्षेत्रमा लोकप्रिय हुँदै तथा एकदमै रुचि समेत राख्ने गरेका गायक चौधरीले बताएका छन् । गायक चौधरीको पहिलो थारु “झूमझूम के” बोलको गीतपछि अपार सफलतासँगै सह्रनिय चर्चा कमाउँदै आएका उनले जिकिर समेत गायक चौधरीले गरे । “चूडी, पायल बिँडिया” ले पनि स्रोत तथा दर्शकहरुको मन जित्ने आपेक्षा गरेको समेत उनले जनाए ।

उनको म्युजिक भिडियोमा स्थानीय थारु समुदायका युवायुवतीहरुलाई कोरसको रुपमा समावेश गरिएको गायक चौधरीले जानकारी दिए । उक्त म्युजिक भिडियोले अहिलेका स्रोता तथा दर्शकहरुलाई निकै मन पर्नुको साथै उहाँहरुको साथ र सहयोगले अझै यस क्षेत्रमा अगाडी बढ्न हौसला र प्ररेणा मिल्ने विश्वास रहेको गायक चौधरीले बताए । यस्तै मनोरञ्जनात्मक, रोमान्टिक थारु साँस्कृतिक झल्को दिने खालको म्युजिक भिडियोहरु स्रोतहरुको माझमा ल्याउने बताए ।

त्यसैगरी थारु सामुदायका ख्याति प्राप्त गायक सरगम चौधरी, मिलन चौधरी, उत्तम चौधरी र कमला चौधरीको निकै सुमधुर स्वारमा सजिएको ‘चलो छैली माघी मनाए’ बोलको थारु म्युजिक भिडियो एस.एम मिडिया नेपालद्धारा सार्वजनिक भएको छ । “चलो छैली माघी मनाए” बोलको गितमा सरगम चौधरीको शब्द सङगित र गणेश चौधरीको संगित संयोजन रहेको छ, भने म्युजिक भिडियोमा मोडलको रुपमा राजन चौधरी, बिना चौधरी, राजकुमार चौधरी, सुजु राजवंशी, गौतम चौधरी र मेनुका चौधरी लगायतका अन्य कलाकारहरु रहेका गायक उत्तम चौधरीले जानकारी दिए।


सो म्युजिक भिडियोमा विशेष गरी थारु सामुदायको महान माघी पर्वमा गाउ देखी शहर सम्मा माघी मेला महोत्सवमा थारु माघी गित निकै घन्किने भएकाले सो म्युजिक भिडियोलाई लक्षित गरी यो गित छायांकन गरिएको छ । यस म्युजिक भिडियोमा थारु साँस्कृतिक पोसकमा सजिएको तस्विर लगायत गितको शब्द छनोट र थारु जातिको इतिहास, संस्कृति र संरक्षण हुने कलाकारले दावी गरेका छन् ।

उक्त म्युजिक भिडियोमा आइरहेका माघी पर्वमा अहिलेका स्रोता तथा दर्शकहरुलाई निकै मन पर्न साथै उहाहरुको माया, हौसला मिल्ने विश्वास रहेको गायक सरगम चौधरीले जानकारी दिए ।