पुष्पालाई ढाकामा स्वर्ण ।

काठमाडौं:= नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्नुभएको छ । ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जित्नुभएको हो । पुष्पाले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डको पार गर्नुभएको थियो ।

पुष्पाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्नुभएको थियो । उक्त स्पर्धामा भारतकी ज्योति गवाती तीन घण्टा ४६ सेकेण्डसहित दोस्रो र गिगमत डोल्मा तीन घण्टा नौ मिनेटको समयसहित तेस्रो हुनुभयो ।

पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौथो हुनुभयो । उहाँ सागका स्वर्णधारी हुनुहुन्छ । किरणले दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गर्नुभयो । दोस्रो राउण्डमा चोट लागेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसक्नुभएको हो । पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जित्नुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पार गर्नुभयो ।