‘म त लागेँ है अमेरिका’ भन्दै संसद् विघटनविरुद्ध बयलगाडा र्‍याली।

कैलाली:= प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार देशका विभिन्न भागमा अनेरास्ववियूका विद्यार्थी नेताहरूले बयलगाडा प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बयलगाडासहित प्रदर्शन गरेको हो ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउँछाँै भन्नु बयलगाडा चडेर अमेरिका पुग्नु जस्तै हो’ भनेको तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धिलाई संकटमा पार्ने गरी संसद् विघटन गरेकाले त्यसको विरोधमा बयलगाडासहित प्रदर्शन गरिएको अनेरास्ववियूले जनाएको छ । प्रदर्शनकारीले ‘खड्ग बयलगाडा यतायात(नेपालदेखि अमेरिका)’, ‘असंवैधानिक ढंगले गरिएको संसद् विघटनविरुद्ध बयलगाडा प्रदर्शन’जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि अनेरास्ववियू निरन्तर आन्दोलनरत रहेको छ । यसैबीच, अनेरास्ववियू कैलालीले पनि आइतबार बयलगाडा ¥याली निकालेको छ । नेकपाको प्रचण्ड–माधव समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् । धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा ¥याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । ०६२÷०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो’ भनेका थिए ।