धनगढी:= प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न कैलालीको धनगढी पुग्नु भएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर आज प्रधानमन्त्री ओली धनगढी पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद विघटनपछि काठमाडौं बाहिर ननिस्किनु भएको प्रधानमन्त्री ओली आज पहिलो पटक धनगढी आउनु भएको छ । प्रधानमन्त्रीको स्वागत ठाउँमा ब्यानर, स्वागतद्वार र मोटरसाइकल र्याली निकालिएको थियो ।
नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई केहीबेरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली धनगढी पुग्दा सडकमा नेकपाप्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शनसमेत गरेका थिए ।




















