प्रधानमन्त्री धनगढी ओर्लिँदा भीम रावलको सातो गयो, आत्तिएर निकाले विज्ञप्ति।

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्न पहिलोपटक प्रदेश राजधानी धनगढी ओर्लिएका छन् ।

प्रधानमन्त्री ओली धनगढीमा अवतरण गर्ने वित्तिकै यहाँका दाहाल नेपाल समूहका नेता भीम रावल आत्तिएका छन् । उनले हतार हतार विज्ञप्ति निकालेका छन् ।

प्रधानमन्त्री ओली समूहको लोकप्रियता देखेर आत्तिएका रावलले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गरेका छन् । रावलले विज्ञप्तिमार्फत ओलीले सुदूरपश्चिम प्रदेशलाई नक्कली माया देखाएको भन्न भ्याएका छन् ।

रावलले यसो भने पनि ओलीको सम्बोधन सुन्न धमाधम कार्यकर्ता धनगढी आइरहेका छन् । रावलको आह्वान फिक्का भएको छ ।

रावलले के भने?

प्रधानमन्त्री ओलीको सुदूरपश्चिम भ्रमण सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै सुदूरपश्चिम इन्चार्ज रावलले प्रधानमन्त्री निर्वाचित हुँदा एक जना पनि मन्त्री नबनाउने ओलीले पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गरी पार्टी फुटाउन नक्कली माया देखाएको आरोप लगाए ।

‘गत आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साविक नेकपा (एमाले)ले अभूतपूर्वरुपमा सफलता हासिल गरी उहाँलाई प्रधानमन्त्री सहज बनाइदिँदा एकजना पनि मन्त्री नबनाउने प्रधानमन्त्री ओलीले हाल पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गर्नुभएको छ । त्यसलाई सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली गर्नुभएको छ । यो माया गरिएको होइन ।

विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेकपालाई कमजोर तुल्याउने षडयन्त्रको एउटा अंग मात्र हो,’ उनले भनेका छन् । आफ्ना गलत कार्यमाथि पर्दा हाल्न प्रधानमन्त्री  ओलीले कुप्रचार टोलीमार्फत भ्रम सिर्जना गर्ने, असहमतहरुका विरुद्ध गालीगलौज गर्न लगाउने, गुटस्वार्थमा राज्यकोषको दुरुपयोग गर्ने, आर्थिक प्रलोभन, धाकधम्की दिनेजस्ता क्रियाकलाप गराइरहेको उनको आरोप छ ।