धनगढी:= प्रतिनिधि सभा विघटन पहिलो पटक राजधानी बाहिर जानु भएको प्रधानमन्त्री केपी ओलीले प्रचण्ड– नेपाल समूहलाई मध्यावधि चुनावमा १० सिट जितेर देखाउन चुनौति दिनु भएको छ ।
शुक्रबार धनगढीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।प्रधानमन्त्री ओलीले नुहाउँदा पनि दुई चार केस झरेर जाने हुँदा पार्टीलाई केही असर नपर्ने दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तीन करोड मान्छेमा कतिजना मान्छे गए ? सुन्नुभयो– उहाँहरु २६५ कि कति गयौँ भन्छन् । अनि के भयो त ? नुहाउँदा पनि दुई चार केस झरेर जान्छ के हुन्छ ?’, ओलीले भन्नुभयो, ‘दुई अंकमा सिट जितेर देखाउनुहोस् । देशभरीबाट १० सिट जितेर देखाउनुहोस् ।’