पोर्चुगल := पाेर्चुगलबाट शुक्रबार (जनवरी ८) मा नेपाल फर्किने तयारी गरेका एक नेपाली युवाले बिहीबार फेसबुकमा स्टाटस लेखी पोष्ट गरेर आत्महत्या गरेका छन्। २ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए। यसबीचमा उनले परिवारलाई समेत कल गरेकाे देखिएको छ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । उनले किन र के कारणले आत्महत्या गरेका त्यो अझै सम्म खुल्न सकेको छैन।




















