एजेन्सी := पछिल्ला दिनहरुमा जापानमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँका प्रधानमन्त्री योशिहेडे सुगाले राजधानी टोकियो र त्यस आसपासका क्षेत्रमा संकटकाल लगाउने घोषणा गरेका छन्। शुक्रवारबाट लागू हुने गरी जारी गरेको संकटकाल फेब्रुअरी ७ सम्म जारी रहने जनाइएको छ।
कोभिड-१९ रोकथामका लागि यो अतिआवश्यक भएको बताइएको छ। सरकारी अधिकारीहरुलाईसमेत घरबाटै काम गर्ने वातावरण बनाउन राति ७ बजेपछि रक्सीजस्ता पेय पदार्थ नबेच्न रेस्टुरेन्टहरुलाई भनेको छ।
बिहीवारमात्र टोकियोमा २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो संकटकाल टोकियोसहित तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा लागू हुनेछन्। संकटकाल लागू भए पनि विद्यालयहरु भने खुल्ला रहनेछन्।




















