त्रिशूली नदीमा पुलको निर्माणपछि सडक निर्माणमा विवाद।

[ बाबुराम क्ष्रेष्ठ ]

धादिङ:= २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्प पछि धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरुमा विकास निर्माण कार्यले प्राथमिकता पाएको छ । 

भुकम्प पछि क्षति ग्रस्त भएका जिल्लाका  अधिकांश स्थानीय तहहरुमा अहिले विकास निर्माण कार्यले तीव्रता पाएको हो । धादिङ जिल्लाका विकास निर्माण कार्यमा जिल्लाबाट निर्वाचित सांसद, नेता, पालिका, नगरपालिका र स्थानीय सरकारले विशेष पहल गरेपछि विकास निर्माण कार्यले नयाँ मोड लिएको छ ।

जिल्लाको विकासका कार्यमा कुनै राजनीतिक दलहरुको आडमा काम तथा अवरोध गर्न नहुने र गरिबी पीडितहरुलाई अन्याय गर्न नहुने भन्ने राजनीतक दलहरुको अभियानहरु अहिले कुरामा मात्र सिमित भएको छ । जसको बिहान बेलुकी खाना लगाउन धौ–धौ पर्छ उसकै निम्ती समाज लगाय अन्य व्यक्तिहरुबाट समेत अन्याय गरेको पाइने गरेको छ । 

यस्तै धादिङको पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको पुलको निर्माण गर्दा सडक बनाउने कार्यमा विवाद उत्पन्न भएको छ । पक्की तथा ग्रमीण सडक निर्माण कताबाट गर्दा सहज हुन्छ भनी टुंगो नलगाई पुल निर्माण गर्दा अहिले सडक बनाउने विषयमा जग्गावाल बीच विवाद भएको हो ।

धादिङको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी जोड्ने पुल ३० महिना अघि पुरा गर्नुपर्ने भएता पनि अहिले पुलको स्याप ढालान सकिएको भए पनि जग्गा लगायत अन्य विभिन्न कार्यमा विवाद भएपछि  सडक बनाउने कार्य रोकिएको छ । उक्त पुलबाट धादिङतर्फको नीलकण्ठ र नुवाकोटतर्फको तारकेश्वर गाउँपालिकाका नागरिकहरुले आवतजावत गर्न सहज हुने र यातायातका साधनहरुबाट सेवा सुविधा पाउने स्थानीहरुको भनाई छ ।

राजनीतिक दल र केही व्यक्तिहरुको स्वार्थको फाइदाका लागि पुलबाट सडक घुमाउन लागेपछि सडक बनाउने कार्यमा विवाद भएको जग्गावालाहरूको भनाई छ । पुलको सीधाबाटोबाट सडक बनाउँदा ५ सय मिटर दुरी कम हुने हुँदा सडक घुमाएर बनाउँदा  गरिबीहरुलाई उठिबास लगाउन खोजेको जग्गावालाको भनाइ छ ।

करिब १२ वर्षअघि साढे दुई आना जग्गा १ लाख ४४ हजारमा किनेको छु । अहिले विकल्प हुँदाहुँदै मेरो जग्गा नै सक्ने गरी सडक बनाउन खोजेकाले जग्गा दिन्न भनेको हुँ तिलक गैरेले बताउनु भयो । पुलको डीपीआर बनाउँदा हामीलाई जानकारी नदिई हामी तीन जनालाई उठिवास लगाउन खोजेकाले हामीले अवरोध गरेका हौं । पुलबाट सीधा सडक बनाउँदा करोड भन्दा बढी खर्च कम हुन्छ ।

यात्रुलाई दूरी छोटो हन्छ बासु खतिवडाले बताउनु भयो । सडकको डीपीआर बनाउँदा प्रारम्भिक वातावरणीय परीक्षण गर्दा किटान भएको भएर त्यताबाट सडक बनाउन परेको हो । विवाद लम्बिरहे प्रहरी प्रशासन लगाएर भए पनि सडक बनाउनुपर्ने डिभिजन सडक विभाग भरतपुरका इन्जिनियर कृष्णबहादुर खड्काले बताउनु भयो । पुल निर्माण तोकिएको समयमा नसक्नुको कारण भूकम्प, नाकाबन्दी र कोभिड–१९ भएको सहजै स्वीकार गरेका छन् ।

 त्रिशूली नदीमाथि १९२ मिटर लामो प्रिस्ट्रेस (आरसीसी) पुल निर्माण गर्न २०७१ असार ३१ गते सपना, हिम्डुङ एण्ड थोकर र नार्गजुन कन्स्ट्रक्सन जेभिले १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपयाँमा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले तीन वर्षभित्र २०७४ असार ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि नसकेका कारण पटक–पटक म्याद थप गर्दै २०७७ चैत मसान्तसम्म पु¥याएको छ । यो पुल सम्पन्न भएका र सडक कालोपत्र गरेमा गोरखा उत्तरी धादिङ र नुवाकोटको तार्केश्वर र बेलकोटगढीका मानिसहरू गल्छी हुँदै लामिडाँडाको डाँडाडाँडै सीतापाइला निस्कन सक्ने छन् । धादिबेंसीदेखि गल्छीचोकसम्म ३६ किलोमिटरमा रहेको सडकको स्तरोउनन्तिको काम सम्पन्न भैसकेको छ ।