क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत विदेशी श्रमिक हरुको अनिवार्य कोरोना भाइरस (कोभिड-१९) परिक्षण गरिनुपर्ने भएको छ।
मलेसिया सरकारको मानव संशाधनमन्त्री एम साराभानान मुरुगनले एक पत्रकार सम्मेलनमा बोल्दै भने,”मलेसियामा कार्यरत सम्पुर्ण विदेशी श्रमिकको कोरोना भाइरस सम्बन्धि स्वास्थ्य चेकजाँच रोजगारदाता,कम्पनीले नै गराउनुपर्ने बताउनुभयो।”
मन्त्री साराभानानका अनुसार आफ्नो कम्पनीमा कार्यरत श्रमिकको कोरोना चेकजाँच गरेबापतको लागतखर्च,औषधि खर्च,क्वारेन्टाइन खर्च पनि रोजगारदाता स्वयंमले ब्यहोर्नुपर्ने बताएको छ ।
रोजगारदाताले आफ्ना श्रमिकको कोरोना चेकजाँचमा हेलचेक्र्याइ गरे अथवा अटेरी गरेको पाईएको खण्डमा संक्रामक रोग नियन्त्रण एन् उलंघन अन्तर्गत कानुन अनुसार मलेसिया रिंगेट आरएम १,००० रकम जरिवाना र ६ महिना जेल सजाय अथवा दुबै सजायको भागिदार रोजगारदातानै बन्नुपर्ने बताए।
मलेसिया सरकारले यसअघिनै नै भनेको थियो कि, नयाँ बर्ष २०२१ को सुरुमै जनवरी १ तारिखदेखीनै रोजगारदाता कम्पनीले आ-आफ्नो श्रमिकको कोरोना भाइरस सम्बन्धि स्वास्थ्य चेकजाँच अनिवार्य गराउनुपर्ने छ्, चेकजाँच नगराए कडा कारवाही गरिनेछ । Bernama




















