‘सउरा सउरी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कैलाली:= थारु म्युजिक भिडियो ‘सउरा सउरी’ म्याडम्याक्स राइजिङ इन्टरटेनर युट्यूब च्यानल मार्फत् सार्वजनिक भएको छ ।


शब्द संगीत सुकदेव चौधरी र राजेन्द्र चौधरीको गीतमा श्रीनिवास चौधरी र निकिता चौधरी स्वर दिएका छन् । म्यजिक भिडियोमा हिरा, मुस्कान, रविन चौधरी र अस्मीता खोजवार लगायतको मोडलिङ रहेको छ ।

म्युजिक भिडियोमा अजय महतोको कोरियोग्राफी रहेको छ । त्यस्तै हिरा चौधरी डाइरेक्टर र बुलेट प्याटलो सहायक डाइरेक्टर रहेका छन् । म्युजिक भिडियोको प्रोड्युसरमा रोशन चौधरी, सुरज र अमन महतो रहेका छन् ।