[ राम अवतार चौधरी ]
कपिलवस्तु:= १६ बर्षिय बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३, मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका–४ बस्ने २० वर्षिय अल्ताफ मुस्लिम बढईलाई प्रकाउ गरि विहिवार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवाद गरेकोले वालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । घटनास्थलमा वढईको पर्स भेटिएको र बालिकाको मोवाईल युवक सँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।
गत पुस ११ गते शनिबारबाट सम्पर्क बिहिन भएकी रोकाको खोजतलास गर्दा उनको शब २ दिन पछि सोमबार गाउँ नजिकको जवाई खोलामा फेला परेको थियो । घटनामा युवतीको मोबाइल पनि हराएकोले अनुसन्धान गर्दै जादाँ मोबाइल निज आरोपी संग फेला परेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।






















